You are viewing the translated version of शङ्का लागेमा वा आधार भएमा तलासी गर्ने.

Section 36
शङ्का लागेमा वा आधार भएमा तलासी गर्ने
कसैले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी बा चोरी पैठारी गरी ल्याएको छ वा चोरी निकासी गरी लिई जान लागेको छ वा प्रतिबन्धित मालवस्तु निकासी वा पैठारी गरेको छ वा गर्न लागेको छ भनी विश्वास गर्नुपर्ने मनासिब आधार वा कारण भएमा वा शङ्का लागेमा भन्सार कार्यालयको जुनसुकै कर्मचारीले त्यस्तो व्यक्ति वा जुनसुकै साधनलाई रोक्का गर्न र त्यस्तो व्यक्ति वा त्यस्तो सवारी साधनको तलासी लिन सक्नेछ ।